रिबन

सर्वदलीय बैठक सकियो : सहभागी नेताहरु को–कोले के भने ?

काठमाडौ । नेपाली काँग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको बैठक पछि काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको थियाे । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए ।

साथै बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

बैठकमा एमसीसी प्रतिनिधिसभामा सभामुखले अड्काउने काम गरेको भन्दै त्यसबारे पनि जोडतोडले छलफल भएको छ ।


सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए । त्यस्तै गरी बैठकमा जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला समेतको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *