शिक्षा / स्वास्थ्य

कोरोना भाइरसविरुद्धको खोप गोप्य रुपमा लगाएको आरोपमा पेरुका पूर्वराष्ट्रपति कारबाहीमा

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक पेरुका पूर्वराष्ट्रपति मार्टिन भिज्कार्रालाई १० वर्ष सार्वजनिक पदमा बसेर काम गर्न प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसविरुद्धको खोप गोप्य रुपमा लगाएको आरोपमा उनलाई कारबाही गरिएको हो ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनसार पूर्वराष्ट्रपति मार्टिनले मुलुकमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुपूर्व खोप लगाएका थिए । उनीसहित ४ सय ७० जनाको समूहले आधिकारिक रुपमा खोप अभियान सुरु हुनुपूर्व नै खोप लगाएको आरोप लागेको थियो । त्यही आरोपमा संसद्ले मार्टिनलाई १० वर्षसम्म सार्वजनिक पद धारणमा रोक लगाएको हो । पेरुको संसद्मा भएको मतदानमा मार्टिनलाई प्रतिबन्ध लगाउने पक्षमा ८६ मत परेको थियो । प्रस्तावको विपक्षमा कसैले मत हालेनन् ।

त्यस्तै पूर्वस्वास्थ्य मन्त्री पिलार माजेटीलाई ८ र पूर्वविदेश मन्त्री एलिजाबेथ एस्टेटलाई एक वर्ष सावजनिक पद धारणमा रोक लगाइएको छ । दुवै मन्त्रीले पनि अभियान सुरु हुनुपूर्व नै खोप लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *