शिक्षा / स्वास्थ्य

देशभर आज ८४३ कोरोना संक्रमित थपिए , ५ जनाको मृत्यु

काठमाडौ । २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।
पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो ।

आज मात्र नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा एकै दिन १ सय ६ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा १ सय ९० जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमित हुनेमा आठ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। अधिकांशजसो संक्रमित बाँके र बर्दियाको रहेको अस्पतालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। हालसम्म ५५ हजार ७ सय ६७ जनाको नमूना परीक्षण गर्दा ६ हजार १८ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *