समाचार

कोरोना संक्रमण अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । उक्त सिफारिस मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि झन्डै एक महिना विद्यालय बन्द रहने छ ।

पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको थिएन । १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजान आग्रह मात्रै गरेको थियो । यो आग्रहपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको थियो । यस्तै काठमाडौ महानगरपालिकाले कोभिड देखिएका विद्यालयमा मात्र बन्द गर्ने निर्णय गरेपछि झन् अन्यौल बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *