समाचार

बकुलहर–रत्ननगर अस्पतालमा अनलाइन टिकट शुरु

चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा चितवनका अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ।

टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट सेवाग्राहीलाई छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो। अस्पतालको सेवामा विविधीकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ।

रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरेका हुन्। सो अवसरमा उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताए।

अस्पतालको वेबसाइटमा गएर नाम, ठेगाना, उमेर, लिंग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *