कर्णाली प्रदेश

तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई पार्टीबाट निष्कासित गरेको छ ।

अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी प्रदेश कमिटीको शनिबार बसेको बैठकले निष्कासन गरेको हो ।

नेता यमलाल कँडेलका अनुसार उनीहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहेकाले प्रदेश कमिटीले नै कारबाही गरेको हो । नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’

पार्टीको ह्वीप विपरित ज्वालासहित चार सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट