समाचार

संखुवासभा तमू समाजको भित्तेपात्रो विमोचन

काठमाडाैं । संखुवासभा तमू समाजले २०७८ सालको भित्तेपात्रो विमोचन गरेको छ । आज काठमाडौंमा नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न आयोजित कार्यक्रममा उक्त पात्रो विमोचन गरिएको हो ।

पात्रोमा आगामी वार्षिक गतिविधि, चाडपर्व तथा समाजको गतिविधिहरुको तस्बीर प्रकाशन समावेश गरिएकाे छ । समाजका संस्थापक तथा सदस्यहरु सहभागी रहेको सो कार्यक्रममा गायिका कुसुम गुरुङलाई सम्मान समेत गरिएको थियो ।

संखुवासभाबाट काठमाडौं आइ बसोबास गर्ने गुरुङले २०५८ सालमा स्थापना गरेको यस संस्थाले महत्वपूर्ण सामाजिक कामहरु गर्दै आइरहेको अध्यक्ष बाबुराम गुरुङले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *