रिबन

ओलीकाे दाउः एमसीसी पास गराउने, सत्ता टिकाउने

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । हिजो बसेको सर्वदलीय बैठकमा भएको छलफललाई सबै पत्रिकाले प्रमुख प्राथमिकता दिएका छन् ।
नागरिक दैनिकले एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली शिर्षकमा मुख्य खबर छापेको छ । प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ ।
संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई सभामुखले आड्काएको बताएका हुन् ।
यो खबरलाई अन्नपूर्णले सभामुखसँग प्रधानमन्त्री आक्रोशित शिर्षकमा छापेको छ । सर्वदलीय बैठकमा सभामुखले एमसीसी अड्काएको भनेर प्रधानमन्त्री ओलीले आलोचना गरेका थिए ।
नेपालसमाचारपत्रले पनि सर्वदलीय बैठककै सेरोफेरोमा रहेर मुख्य खबर छापेको छ भने तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा, सरकार बेखबर शिर्षकमा अर्को मुख्य खबर छापेको छ । भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् । गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ । छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ६ सय ९२ पुगेको बताइएको छ ।

नागरिक दैनिकले सरकारलाई सहयोग गर्नेबारे जसपाभित्रको कलहलाई पनि पहिलो पेजमा स्थान दिएको छ । जसपामा सांसद् गणना सुरु शिर्षकमा ओलीलाई सघाउनेरनसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुन लागेको खबरमा लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट