समाचार

भयावह बन्दै कोरोना, एक वर्षमा विश्वभर ३० लाखको मृत्यु, १४ करोड संक्रमित

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस महामारीले संसारभर आतंक नै फैलाएको छ । एक वर्षमा कोरोनाबाट संसारभर ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोडभन्दा बढी छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वभर सात लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय कोरोना भाइरसको संक्रमण अहिलेसम्मको उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

डब्लुएचआृका प्रमुख डा. टेड्रोस आधानमले लगातार बढिरहेको संक्रमण दर र मृत्युदरले चिन्तित बनाएको बताएका छन् । भारत कोरोना भाइरसको दोस्रो लहरको संक्रमण झेलिरहेको छ । जहाँ दैनिक संक्रमण दुई लाख ६० हजार नाघेको छ । भारतमा इन्डियन, ब्राजिलियन, अफ्रिकन, युके भेरियन्ट तीव्र फैलिरहेको विशेषज्ञहरूले बताएका छन् ।

युरोपेली मुलुकहरु संक्रमणको तेस्रो लहर भोगिरहेका छन् । अमेरिकामा संक्रमण केही घटेको छ । अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुमा पनि संक्रमण पछिल्लो समय बढेको छ ।

केही दिनयता नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको आशंका गरिएको छ । खासगरी युके र इन्डियन भेरियन्ट फैलिएको अनुमान गरिएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । करिब तीन लाख संक्रमित देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट