अर्थ

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत हप्तादेखि बढीरहेको सुनको मूल्यले उचाइ कायम राख्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम थियो ।

तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १३ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *