समाचार

भेरी अस्पतालमा ८१ नमुना परीक्षण गर्दा ७५ मा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण तीव्र दरमा फैलिएको छ । भारतमा कोरोना लहर बढेसँगै नेपालमा पनि त्यसको असर परेको हो ।
विगत २४ घन्टामा यस अस्पतालको प्रयोगशालामा ८१ नमुना परीक्षण गरिएकोमा ७५ जनामा संक्रमण भेटिएको छ ।

यी नमुनाहरू स्वास प्रश्वाससम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकाले पोजेटिभिटी दर उच्च आएको हो ।

समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्तबास बस्नसमेत आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *