खेलकुद

नेदरल्याण्डले मलेसियालाई दियो विशाल लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्याण्डले जितका लागि मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ ।

आइतबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले शतक प्रहार गरे । उनले अविजित १३३ रन बनाए । यस्तै, टोवियस भिजेले १, स्कट इड्वाटर्सले ३१ र बिन कपरले २० रन जोडे ।

मलेसियाका लागि पवनदिप सिंह र अनवार रहमानले एक/एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट