खेलकुद

मेस्सी चम्किँदा बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

काठमाडौँ । क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

गएराति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-०ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६३औं मिनेटमा फ्रान्की डि योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि ६८औँ र ७२ औं मिनेटमा मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो ।

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *