शिक्षा / स्वास्थ्य

भेरी अस्पतालमा २४ घण्टामा ८१ परिक्षणमा ७५ जनालाई कोरोना पुष्टि

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ८१ नमुना परिक्षण गरिएकोमा ७५ जनालाई कोरोना पुष्टि भएको छ ।अस्पतालले स्वास प्रश्वाससम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजेटिभको संख्या धेरै देखिएको जानकारी दिएको छ ।

नेपालगन्ज क्षेत्रमा समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रि-आइसोलेसन वार्ड गरि जम्मा क्षमता १४२ बेड करीब करीब भरिइसकेको जनाएको छ । १५ शैयाको कोभिड आइसियू पनि भरिएको छ ।

संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा गएराती उपचारत तीन कोरोना संक्रमितको मृत्यु समेत भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *