राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ सरकार बन्न नसकेको कांग्रेस र जसपाले अरोप लगाइरहेका बेला बस्न लागेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकलाई अर्थपूर्णरुपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *