खेलकुद

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट: नेदरल्याण्डकाे पहिलो जित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्याण्डले पहिलो जित निकालेको छ ।

आइतबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको हो । जितका लागि १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर खेल्दै ८ विकेट गुमाएर १७६ रनमै समेटियो ।

मलेसियाका लागि भिरनदिप सिंहले सर्वाधिक ८७ रन दिए । यस्तै, शर्भिन मुनीयन्डीले २८, एमीनुदिन राम्लीले २६, सायद अजिजले ७, अनवार अर्दिनले ६ र किजर हायातले २ रन बनाए । र, मोहम्मद वाफिफले ६ र अनर रहमानले १ रन जोडे ।

नेदरल्याण्डका लागि आर्यन दत्त, सेबास्टिना बारिट र बास डे लिडाले समान दुई/दुई विकेट लिए । फिलिप बेशेभिन र पिटर सेलारले एक/एक विकेट लिए ।

यसअघि टस जितेर व्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले शतक प्रहार गरे । उनले अविजित १३३ रन बनाए । यस्तै, टोवियस भिजेले १, स्कट इड्वाटर्सले ३१ र बिन कपरले २० रन जोडे । ओ’डाउड टी२० अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

मलेसियाका लागि पवनदिप सिंह र अनवार रहमानले एक/एक विकेट लिए ।

शनिबार नेदरल्याण्ड नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *