राजनीति

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

भेटमा सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई, मुद्दा खारेजी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओलीले सरकारले यथाशक्य छिटो बन्दी रिहाई र मुद्दा खारेजी हुने जानकारी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *