शिक्षा / स्वास्थ्य

एक हजार ९६ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ४३५ थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएको हो ।

यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा मात्रै ४३५ थपिए
काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका सरकारी तथ्यांकमा उल्लेख छ ।

हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

कुन उमेर समुहमा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा नेपालमा १९ बर्ष मुनिका ११२ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ बर्ष मुनिका २१ जना र १० देखि १९ बर्षसम्मका ९१ गरि १९ बर्षमुनिका कुल ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार १९ बर्ष मुनिका ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै शुक्रबार १९ बर्ष मुनिका ८१ जनामा कोरोना संक्रमण भएको थियो ।अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा २० देखि २९ बर्ष उमेर समुहका २२२ जना संक्रमित भएका छन् भने ३० देखि ३९ बर्षका २६६ जना र ४० देखि ४९ बर्ष उमेर समुहका १७७ जना संक्रमित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट