राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो।

महाधिवेशनको कार्यतालिका र सत्ता समीकरणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा बैठक स्थगित भएको एक नेताले जानकारी दिए । तर, अहिले शिर्षनेताहरु अनौपचारिकमा रहेको बताइएको छ । बैठक भोलि अपराह्न ४ पुन बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *