राजनीति

गृहमन्त्री बादलले लिए सपथ

काठमाडौँ । गृहमन्त्रीमा पुन: नियुक्ति पाएका रामबहादुर थापाले शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई शपथ गराएकी हुन् ।थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले मन्त्रीपदमा नियुक्त गरेर गृह मन्त्रालयको कार्यभार तोकेकी थिइन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन निर्वाचित भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनको राष्ट्रियसभा संसद पद आजै गएको थियो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जानकारी दिएको थियो ।

हाल सांसद नरहेपनि संबिधान अनुसार बढीमा ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था अनुसार उनी फेरी मन्त्री बनेका छन् । संबिधानमा मन्त्री हुने वाय्क्ति ६ महिना भित्र संसद सदस्य बन्नु पर्ने व्यवस्था रहेको छ ।

यसअघि माओवादी केन्द्र छोडेर एमाले गएका चार मन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी फेरी मन्त्री नियुक्त भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *