ताजा समाचार

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल पक्ष नजाने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ महाअधिबेशन आयोजक कमिटीको पहिलो बैठक आज बस्दै छ ।

आजको बैठकको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले केहि अघि नै सुचना निकालेका थिए ।
बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।
तर ओलीले डाकेको बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन्।
आफहरुूलाई जानकारी नै नदिइ बनाइएको महाअधिबेशन आयोजक कमिटिको बैठक बस्न लागेको भन्दै नेपाल पक्षमा नेताहरु सहभागी नहुने बताएका हुन् ।

आजको बैठकमा पार्टी अध्यक्षले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
उता, नेपाल पक्षका सांसद्हरुले भने अध्यक्ष ओलीले गत फागुन २३ गतेपछि एकलौटी रूपमा गरेका निर्णय खारेजी माग गर्दै खनाल(नेपाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ।
नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आइतबार दिउँसो आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *