देश

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, कोरोना संकटबारे निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बिहान ९ बजेदेखि जारी छ ।

आजको बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ । खासगरी स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले आ–आफ्नो निर्णय गर्दा शैक्षिक संस्था खुला गर्ने कि बन्द गर्ने भन्ने अन्योल देखिएको छ । यो विषयमा आजको मन्त्रिपरिषद् बैठकले ठोस निर्णय गर्ने बताइएको छ ।

कोरोना संक्रमण तीव्र फैलिँदा पनि अहिले शैक्षिक संस्था खुला नै छन् । गत वर्ष दुईजनामा संक्रमण देखिँदा लकडाउन गरिएको थियो । तर, अहिले दैनिक एक हजार संक्रमित नाघेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *