विचार

नेविसंघका पूर्वअध्यक्षाहरु अधिकांश स्थापित, केही गुमनाम

नेविसंघको नालिवेली ०२७ देखि ०७८ सम्म

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५२ औं बसन्तमा प्रवेश गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गर्दै आएको नेपाल विद्यार्थी संघको इतिहास जति गौरवशाली छ वर्तमान त्यतिनै फलदायी र भविश्य उज्ज्वल छ । वि.सं २०२७ साल वैषाख ६ गते स्थापना भएको नेविसंघले मुलत विद्यार्थीका हक हित र राजनीतिक परिर्वतमा आफ्नो सम्पूर्ण समय र ध्यान खर्चिदै आएको छ । शैक्षिक र राजनीतिक परिर्वतनको पर्याय नै बनेको छ नेपाल विद्यार्थी संघ । जब नेपाली राजनीतिमा कालो वादल मडारिन थाल्छ तब नेविसंघको संघर्षले नेपाली समाजलाई परिवर्तनको स्वर्णिम उपहार दिदै आएको

लोकतन्त्रवादी विद्यार्थीहरुको राजनीतिक संघर्षको इतिहास धेरै लामो भए पनि नेपाल विद्यार्थी संघको विधिवत स्थापना भएको पाँच दशक हाराहारी भएको छ । पञ्चायतको बिगबिगी भएका बेला स्थापित नेविसंघको उद्घाटन सन्तनेता कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो । वीपी कोइरालाले शुभकामन दिनु भएको अधिवेशनको आर्थिक व्यवस्थापन शुवर्ण शमशेरले गर्नु भएको थियो । प्रहरी प्रशासनको व्यापक धरपकडका बीच नेपाल नेविसंघको सम्मेलन वैषख ६ गतेदेखि ९ गतेसम्म स्वयम्भू, चेभार, पशुपातिको राममन्दिर र त्रिभूवन विश्वविद्यालयको अर्थ विभागमा सम्पन्न भएको थियो । अधिवेशनकै क्रममा सयौ विद्यार्थी नेताहरु गिरफ्तार भएका थिए । संघसंस्था खोलेको अभियोगमा नेविसंघविरुद्ध पञ्चयति सरकारले अदालतमा मुद्दासमेत दायर गर्‍याे ।

२०२७ साल असारमा सर्वोच्च आदालतको फैसालाले वैधानिक विद्यार्थी संस्थाको रुपमा स्थिापित गरेपछि भने पञ्चायत र प्रतिगनकारी तत्वका लागि नेविसंघ फलामको चिउरा बन्यो । यस अवधिमा व्यवस्था परिवर्तको आन्दोलनमा होमिएका नेविसंघका सयौंले जीवन वलिदान गरे भने हजारौको संख्यामा बन्दी र घाइते भए ।

नेविसंघ स्थापनाकालका अध्यक्ष विपिन कोइरालादेखि वर्तमना अध्यक्ष राजीव ढुंगानासम्म आईपुग्दा ५२ वर्षको अवधिमा १९ जनाले नेविसंघको नेतृत्व सम्हालेका छन । हाल नेविसंघकै पूर्वअध्यक्ष समेत भईसक्नु भएका शेरवहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस गतिवान छ । नेविसंघकै छहारीबाट राजनीति सुरु गर्नुभएका देउवा चार पटकसम्म मुलुकको प्रधानमन्त्री बन्न सफल हुँनु भयो । देउवा नेतृत्वको बर्तमान कांग्रेस केन्द्रीय समितिमा पदाधिकारी र सदस्य गरी १२ जना नेविसंघका पूर्वअध्यक्षहरु हुनुहुन्छ । देउवापछि नेविसंघको नेतृत्व लिएका विमलेन्द्र निधि पार्टी उपसभापति हुनुहुन्छ । विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको कार्यसमितिमा सदस्य रहेका पूर्णबहादुर खड्का महामन्त्री हुनुहुन्छ । बलबहादुर केसी नेतृत्वको कार्यसमितिका महामन्त्री डा.प्रकाशशरण महत पार्टीको सहमहामन्त्री हुनुहुन्छ । नेविसंघको १० औं अध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता एवं प्रचार विभाग प्रमुख हुनुहुन्छ ।

पूर्व अध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ,गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठोर, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ । पूर्वअध्यक्षहरु विपिन कोइराला,केशव सिंह, रञ्जित कर्ण र नैनसिंह महर भने पार्टीको वर्तमान केन्द्रीय समितिमा हुनुहुन्न ।

संस्थापक अध्यक्ष विपिन कोइरालादेखि सातौं अध्यक्ष एनपी साउदसम्मका सबै नेविसंघका पूर्वअध्यक्षहरुले पटक–पटक मन्त्री बन्ने अवसर पाउनु भएको छ । विपिन कोइरालापछि नेविसंघको दुई कार्यकाल सभापति बन्नु भएका शेरबहादुर देउवा त बर्तमान पार्टी सभापति र चार पटक प्रधानमन्त्री भइसक्नु भएको छ । याे नेविसंका लागि गाैरवकाे विषय हाे ।

पूर्वअध्यक्षहरु धनराज गुरुङ, किशोरसिंह राठोर र रञ्जित कर्ण समानुपातिक संसद बन्न सफल हुनुभयो । हाल संसदमा नेविसंघका पूर्व अध्यक्षहरु पार्र्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, ज्ञानेन्द्र बहादुर कार्र्की,प्रमुख सचेतक बालकृष्ण खाँण र समानुपातिक संसद किशोरसिंह राठोरको मात्र प्रतिनिधित्व छ ।

यसै गरी प्रवक्ता विश्वप्रकाश शर्मा, किशोरसिंह राठोर, गोविन्द भट्टराई, प्रदिप पौडेलले संसदीय निर्वाचनमा टिकट पाए पनि चुनाव जित्न सक्नु भएको छैन । केशव सिंह, गुरुराज घिमिरे, महेन्द्र शर्मा, कल्याण गुरु, नैनसिह महर र वर्तमान अध्यक्ष राजीव ढुंगानाले भने चुनाव लड्ने अवसर पाउनु भएको छैन ।

नेविसंघका पूर्वअध्यक्षहरु शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, बलबहादुर केसी, एनपी सावद, धनराज गुरुङ पार्टी र संसदीय राजनीतिमै सफल मानिनु हुन्छ । पार्टी राजनीतिमा सफल देखिनुभएका प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, गोविन्द भट्टराई र प्रदिप पौडेल जनअनुमोदित हुन सकेका सक्नु भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *