कला/साहित्य

‘लेखक/साहित्यकारलाई अब परिचयपत्र’

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ ।

‘लेखक÷साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ ।

संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको हो । कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई परिचयपत्र दिने पहिलेदेखिकै योजनालाई कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण शुरुआत गरिने जानकारी दिए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार ‘लेखक÷साहित्यकार परिचयपत्र’ नामकरण गरिएको परिचयपत्रमा लेखक/साहित्यकारको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्र पाउन सम्बन्धित लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट