खेलकुद

त्रिकोणात्मक सिरिज: नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौँ । जारी त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दै छ ।

सिरिजमा अहिलेसम्म भएका दुई खेलमा नेपालले एक खेल खेल्दै जित हासिल गरेर विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले खेलेका दुई खेलमा एक हार र एक जित हासिल गरेको छ ।

त्यस्तै मलेसियाले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको छ ।आइतबार सम्पन्न खेलमा मलेसियाले नेदरल्याण्डसलाई चुनौती दिदै केबल १५ रनको हार बेहोरेको थियो । त्यसैलेपनि नेपालले मलेसियालाई कमजोर ठान्ने गल्ति भने गर्नु हुदैन ।

घरेलु मैदानमा नेपाललाई नेपाली दर्शकको उपस्थिति फाइदाजनक नै हुने छ ।

नेपालको कमजोर मानिएको ब्याटिंग पहिलो खेलमा प्रदर्शन गरेको आधारमा अहिलेनै ठिक भयो भनेर टिप्पणी गरिहाल्नु हतार हुने देखिन्छ । नयाँ प्रशिक्षक डभ ह्वाटमोरले टिममा कति आत्मविश्वास बढाएका छन् भन्ने आजको खेलबाट पनि पुष्टि हुने देखिन्छ । पहिलो खेलमा नेपालले देखाएको सकारात्मकता र यस अघिका खेलमा जस्तो गल्ति नदोहोराएकाले ह्वाटमोरले खेलाडीमाथि आफ्नो काम गरेको भने देखिन्छ । तर अहिलेनै थप टिप्पणी गरिहाल्नु पने हतार नै हुन्छ ।

बलिङमा नेपाल सधै राम्रो नै रहदै आएकाले यस प्रतियोगिताको पहिलो खेलमा पनि अनुशासित नै बलिङ गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *