समाचार

७ जना डाक्टर पक्राउ

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले आज पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतमसहित ७ जना छन् ।

सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

उनीहरुले मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *