विश्व

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै भारत भ्रमण रद्द गरेका छन् ।बेलायती प्रधानमन्त्रीको कार्यालयले एक बयान जारी गर्दै बोरिस जोनसन र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको यस महिनाको अन्तिममा कुराकानी हुने र वर्षको अन्तिममा भेट गर्ने बताएको छ ।

जोनसन यसभन्दा पहिला जनवरीमा भारत जाने योजना रहेको थियो ।उनलाई भारत सरकारले गणतन्त्र दिवसको अवसरमा विशेष पाहुनाको रुपमा बोलाएको थियो तर त्यस समयमा बेलायतले लकडाउनको घोषणा गरेको थियो ।

जसको कारण जोनसनले आफ्न भारत भ्रमण स्थगित गरेका थिए ।बेलायति सरकारले अप्रिलमा हुने यस भ्रमणमा बेलायत र भारत बीच व्यापार र निवेशलाई प्राथमिकता दिने अपेक्षा गरेको थियो । तर बेलायतका नेताले भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको कारण जोनसनले यस समय भारत भ्रमण गर्न नुहने विचार व्यक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट