समाचार

परीक्षाहरु नरोक्ने सरकारको निर्णय

काठमाडौं । पूर्व निर्धारित परीक्षाहरु नरोकिने भएको छ । सरकारले पूर्व निर्धारित परीक्षहरु नरोक्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरस (कोभिड—१९) सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *