गण्डकी प्रदेश

वैशाख १३ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

काठमाडौं । गण्डकी प्रदेशले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएका थिए। वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध गत वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *