समाचार

कांग्रेसले भन्यो-संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिको वर्खिलाप हाे

‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ मा गम्भीर बन्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेससले सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले संसद अधिवेशन अन्त्य अप्रत्याशित र हठात भएको भन्दै आपत्ति प्रकट गरेको हो ।

वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ । बैठकले सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भत्र्सना गर्दछ ।

बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गरेको छ ।

साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *