खेलकुद

नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली आज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । सिरिजको दुई खेलमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले नै पाखा लगाएको थियो । नेवालका दुई युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै आएका छन् । दुवै खेलमा कुशल र आसिफले उत्कृष्ट शतकीय साझेदारी गरेका छन् ।

यस्तै, नेदरल्यान्ड्स पनि पहिलो खेलबाट आफ्नो कमजोरी सुधारको साथ दोस्रो खेलमा नेपाललाई हराउन चाहन्छ । नेपालसामू नेदरल्यान्ड्स बलियो मानिन्छ । हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ९ टी-ट्वान्टी खेल खेलेको छ । जसमा ७ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । ८ टी-ट्वान्टीमा नेपाल ३ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण नतिजा विहिन छ ।

आजको खेलमा दर्शकलाई निषेध गरिएको छ । सरकारले बढ्दो कोरोना भाइरस महामारीको जोखिमका कारण रंगशालामा दर्शकलाई प्रवेशलाई निषेध गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *