समाचार

हरिद्वारबाट फर्केका पूर्वराजा शाह दम्पतीलाई कोरोना पुष्टि

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् । स्रोतका अनुसार उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *