देश

गृहमन्त्री बादलको रिक्त स्थानमा जेठमै निर्वाचन गर्न प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि जेठमा निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको हो । जेठ ७ मा पद रिक्त भएको ३५ दिनको अवधि पुग्दै छ ।

वाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य बादललाई माओवादी केन्द्रले आफ्नो दलबाट हटाएपछि उनको पद रिक्त भएपछि सो स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति गर्नुपर्ने भएको हो  ।

त्यसका लागि वाग्मती प्रदेशको प्रदेश सभाका एक सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी तीन सय ३८ जनाले मतदान गर्नेछन् ।

बादल माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन् । अब उनले एमालेबाट निर्वाचन लड्ने छन् । विपक्षी पार्टी गठबन्धन बनाएर गए पनि प्रदेशमा एमाले एकल बहुमतमा छ । यदि एमालेमा देखिएको किचलो निर्वाचनमा देखिएमा मात्र बादल पराजित हुन सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट