राजनीति

ओलीले स्पष्टीकरण सोधेपछि खनाल –नेपाल पक्षका सांसदहरू आन्तरिक छलफलमा

काठमाडौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधवकुमार नेपाल पक्षका सांसदहरू छलफलमा जुटेका छन्

मंगलबार ओलीले नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

स्पष्टीकरण सोधेको केही घण्टापछि नेपालसहित सांसदहरू आन्तरिक छलफलमा जुटेका हुन्। उनीहरू बानेश्वरको एक होटल बसेर छलफल गरिरहेका बुझिएको छ ।

अध्यक्ष ओलीले पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन २७ सांसदलाई पत्र पठाएका छन्।

अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *