समाचार

काठमाडौंमा सवारी साधन सञ्चालन गर्न नयाँ नियम

काठमाडौं । काठमाडौंमा सवारी साधन सञ्चालनमा नयाँ नियम लागू गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोना भाइरस) महामारीको संक्रमण बढ्दै गएको भन्दै सवारीसधानमा सञ्चालनमा नयाँ नियम लागू गरिएको हो ।

लागू गरिएको नियम अनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले कार्यन्वयन निर्णय भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *