अर्थ

कतारी रियाल वैशाख २७ गतेभित्र सटही गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियाल वैशाख २७ गतेभित्र सटही गर्नुपर्ने बताएको छ ।

केन्द्रीय बैंकले मंगलवार सूचना जारी गर्दै हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई सटही गरिसक्न भनेको हो ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई अर्थात् असार १७ गतेदेखि नचल्ने निर्णय गरेको भन्दै केन्द्रीय बैंकले नेपालमा वैशाख २७ गतेसम्म मात्रै कतारी रियाललाई सटही गरिने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुलाई तोकिएको मितिभित्र कतारी रियाल साट्न भनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *