अर्थ

नेप्सेमा सामान्य वृद्धि: पाँच अर्ब ५३ करोडको कारोवार

काठमाडौ । मंगलबार नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दुई दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने दुई दसमलव ६८ अंकले बढेर दुई हजार छ सय ६४ दसमलव ६१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले बढेर चार सय ७९ दसमलव ६० बिन्दुमा चढेको छ ।

दुई सय १६ वटा कम्पनीहरुको ६५ हजार सात सय ९३ पटकको कारोवारमा एक करोड २३ लाख ६९ हजार पाँच सय एक कित्ता सेयर खरिद भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम पाँच अर्ब ५३ करोड ८६ लाख १७ हजार छ सय ४० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा चार वटा समुहले सुचक घटेपनि बाँकी समुहको सुचक भने बढेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३७ अंकले घटेर १८ सय ३४ दसमलव ६५ बिन्दुमा झरेकोमा निर्जिवन बीमा, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

बिकास बैंक समुहको सुचक भने ४८ दसमलव ४२ अंकले बढेर २९ सय २६ दसमलव २८ बिन्दुमा चढेकोमा जलबिद्युुत, जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मिथिला लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १६ सय छ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको समृद्धि फाईनान्सको प्रतिकित्ता सेयर मुल्य दुई दसमलव ४७ प्रतिसतले घटेर दुई सय ३७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता तीन हजार नौ सय ५३ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ४२ लाख ८९ हजार तीन सय ६८ रुपैयाँको कारोवार भएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *