समाचार

पीसीआरको रिपोर्ट नक्कली बनाउने ल्याबमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले काठमाडौंको सिनामगलस्थित सूर्या ल्याबमा छापा मारेको छ ।सूर्या ल्याबले कोरोना संक्रमणको स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो ।

स्वाब नै नलिई नक्कली रिपोर्ट बनाएर दिदै गरेको अवस्थामा छापा मारेको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।उनले भने,‘ल्याबले एक जना बराबर ९ हजार रुपैया लिएर नक्कली रिपोर्ट बेचिरहेको रहेछन्।

जसले स्वाब नै दिएको छैन उनीहरुको रिपोर्ट बनाउने खबर पाएपछि छापा हानेका हौ ।उनका अनुसार उक्त कार्यमा सलंग्नलाई ५ जनालाई नियन्त्रणमा लिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *