अर्थ

नेप्सेमा सामान्य वृद्धि, ८ कम्पनीको सेयर मुल्य सर्वाधिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

आज सर्वाधिक शेयर बढ्ने कम्पनीमा महिला लघुवित्त वित्तिय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, हिमालय उर्जा विकास कम्पनी, लिबर्टी इनर्जी कम्पनी, हिमालय पावर पार्टनर र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *