रिबन

नेकपा एमाले अब फुट्ने संघारमा

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । नेकपा एमाले भित्रको किचलो र सांसदलाई सोधिएको स्पष्टिकरणबारे सबै पत्रिकामा समाचार छ । त्यस्तै कोरोना भाइरसको भयावह स्थितिबारे पनि सबै पत्रिकामा स्थान छ ।


नागरिक दैनिकले थोरै पाहुनासँग रमाएको ठमेल शिर्षकमा कोरोना महामारीले कसरी पर्यटन व्यवसाय धरासयी बनेको छ त्यो देखाएको छ । विकसित देशतिर सहरहरू प्रायः रातमा व्यस्त हुन्छन्। मानिसहरू दिनमा भन्दा रातमा घुम्ने गर्छन्। नेपालका सहर भने बेलुका ८ बजिनसक्दै सुनसान हुन्छन्। राजधानी उपत्यकाभित्र प्रशासनले ९ बजेपछि होटल रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ। कोभिड सुरु भएयता त ८ बजे नै प्रहरी होटल बन्द गर्न भन्दै ढोका ढकढक्याउन पुग्छ। राजधानी उपत्यकामा अलि अबेरसम्म नसुत्ने सहर भनेको ठमेल नै हो। उपत्यकाभित्र ठमेलको रात्री जीवन अलि बेग्लै छ। यहाँका होटलमा गुन्जने म्युजिक सुन्ने र आनन्द लिने रहर प्रायः सबैलाई हुन्छ। विदेशी पर्यटकले भरिभराउ हुने भएकोले यो क्षेत्रमा प्रहरीले त्यति कडाइ पनि गर्दैन।


त्यस्तै नेता नेपालसहित २७ सांसद्लाई स्पष्टिकरण, नयाँ पार्टी होइन पार्टीभित्रै संघर्ष शिर्षकमा मुख्य खबर पहिलो पेजमा छापेको छ ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

अन्नपूर्णले पनि यो समाचारलाई नेपाल पक्षविरुद्ध ओली आक्रामक शिर्षकमा छापेको छ । त्यस्तै कोरोना हटस्पट बन्दै लुम्बिनी शिर्षकमा अर्को समाचार छ । देशभरको कोरोना संक्रमितमध्ये एक चौथाई लुबिनीमा छन् भने बाँकेमा एक साता लकडाउन गरिएको छ ।

राजधानी दैनिकले कसले फुटाउँदै छ नेकपा शिर्षकमा मुख्य खबर छापेको छ । एक अर्कालाई कारबाही गरिरहेको नेकपा एमाले अब फुट्ने संघारमा पुगेको छ । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *