रिबन

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले मौसममा बदली, वर्षाको सम्भावना

काठमाडौं । देशमा अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य वदली बदली रहेको छ ।

/दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज रातीदेशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *