देश

आज १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । विवाहको सिजन सुरु भएलगत्तै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको छ । बुधबार सुन प्रतितोला १३ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार पाँच सय रूपैयाँ तोकिएको छ । चाँदी तोलामा १० रूपैयाँले बढ्दै प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *