देश

आजदेखि वैशाख मसान्तसम्म मनकामना मन्दिरमा पूजाआजा बन्द

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र फैलिएसँगै गोरखाको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाआजा बन्द गरिने भएको छ ।


मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

निर्णयअनुसार मनकामना मन्दिरमा नित्यबाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *