राजनीति

कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी पूर्वमहान्यायाधिवक्ता यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ ।

निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा पूर्वमहान्यायाधिवक्ता यादवलाई जिम्मेवारी दिने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले निर्वाचन समितिको संयोजक चयन गरेको हो ।

अधिकारीको राजीनामापछि वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेलाई नै संयोजक बनाउनुपर्ने अडान राखेको थियो । लामो समयको छलफलपछि आज यादवको नाममा सहमति जुटेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट