शिक्षा / स्वास्थ्य

नेपालगञ्जमा आजदेखि वैशाख १५ सम्म लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले आजबाट नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी गरेको विज्ञप्तिमा जनाइएकाे छ ।

दैनिक उपभोग्य वस्तु,तरकारी, खाद्य, दूध, ग्यायसका पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *