समाचार

जिल्ला अदालत मकवानपुरबाट एकै दिनमा १३ मुद्दा फैसला


मकवानपुर ।     जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ ।    
न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो ।    
यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।    
न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए  । यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको जनाइएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट