समाचार

मनकामना मन्दिर वैशाखभर बन्द हुने

काठमाडाै । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले जिल्ला प्रशासन कार्यालय गोरखाले भिडभाड रोक्न यस्तो नियम लागू गरेको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार भिडभाड हुने सबै प्रकारका ठाउँहरू वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा स्वास्थ्य पालना गर्ने गरी गरिने नित्य पूजा, ध्यान र प्रार्थनाबाहेक सम्पूर्ण पूजाआजा २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो।

गत वर्ष लकडाउनका बेला पनि मनकामना मन्दिरमा भक्तजनले पूजाआजा गर्न पाएका थिएनन्। नेपालमा दोस्रो लहरको कोरोना संक्रमण बढेपछि सरकारले भिडभाड हुने क्षेत्रमा २५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निषेध जारी गरेको छ । जम्मा हुने क्षेत्रमा २ मिटर को सामाजिक दुरी अनिवार्य राख्न समेत आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट