शिक्षा / स्वास्थ्य

कोभिड–१९ विरुद्धको स्पुतनिक फाइभ खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले रुसमा विकास भएको कोभिड–१९ विरुद्धको स्पुतनिक भी खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । पछिल्लो समय कोभिड–१९ का नयाँ प्रजातीहरुको संक्रमण बढिरहेका बेला यो खोपले भने दुईवटा भेरियन्टविरुद्ध प्रतिरोधीको काम गर्ने पुष्टी भएको छ । स्पुतनिक भी खोपको उत्पादक कम्पनी गामालेया रिसर्च इन्स्टिीच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले गत ३ अप्रिलमा सार्वजनिक गरेको एक अध्ययन रिपोर्टमा यो खोपले युके भेरियन्ट बी १.१.७ र साउथ अफ्रिकन भेरियन्ट बी. १. ५१ भेरियन्टविरुद्ध प्रतिरोधीको काम गर्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *