अर्थ

नेप्से आज दोहोरो अंकले घट्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा पुगेको थियो ।

आज नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको छ भने ५ अर्ब ७७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

बजार समग्रमा ३२ अंकले घटेपनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने निकै राम्रो सुधार देखिएको छ । चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभल ९९ प्रतिशत भन्दा माथि० ले वृद्धि भएका छन् । सबैभन्दा धेरै कमाउनेहरुको शिर्ष स्थानमा ज्योति लाइफ इन्स्यारेन्सका लगानीकर्ताहरु देखिएका छन् ।

आईपीओ सूचीकृत भएदेखि नै दैनिक वृद्धि भइरहेको ज्योति लाइफको बुधबार पनि ९ दशमलव ९६ अंकले वृद्धि भएको छ । कारोबार संख्या तथा कारोबार रकमका आधारमा भने पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।

४ हजार १०६ वटा कारोबार हुँदा निफ्राको २५ करोड ४५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *