देश

ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेपछि एमालेमा तरंग

काठमाडौं । एमाले नेता योगेश भट्टराई बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टीमा देखिएको किचलो समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आग्रह गर्न उनी बालुवाटार पुगेका हुन् ।

ओलीलाई भेटेर योगेशले ठन्डा दिमागले सोचेर निर्णय गर्न आग्रह गरेका छन् । उनले उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न योगेशले सुझाव दिएको बताइन्छ ।

भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए । यसक्रममा उनी बालुवाटार पुगेपछि एमालेमा तरंग सिर्जना गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *